नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार
काठमाडौं १८ फागनु । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा पुगेका प्रचण्डमाथी जुत्ता प्रहार भएको हो । अध्यक्ष प्रचण्डले सभामा संम्बोधन गरेर बस्नका लागि सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको थियो । तर, जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
जुत्ता प्रहार गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनले के कारणले प्रचण्डमाथी जुत्ता प्रहार गरे त्यो भने खुल्न सकेको छैन् ।क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रचण्डमाथि जुत्ता प्रहार
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्