प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मोत्सव तेह्रथुमा
काठमाडौं ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफनो जन्मदिन मनाउन जन्मस्थान तेह्रथुम पुगेका छन् । प्रधानमन्त्री ओली आफनो ६९औं जन्मोत्सव मनाउन तेह्थुमको आठराई गाउँपालिकामा पुगेका हुन् । प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो क्षेत्रमा आउने भएपछि आठराई गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ । ओलीले आठराईको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालयको पनि उद्घाटन गर्नेछन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ओलीको ६९औं जन्मोत्सव तेह्रथुमा
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्