Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

पूर्वसभामुख महराविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनवाई आज


काठमाडौं ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम फैसला हुँदैछ । बलात्कार प्रयास मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महराविरुद्धको मुद्दामा फैसला आउन लागेको हो । जिल्ला अदालत काठमाडौंमा महराविरुद्धको बहस सकिए पनि मुद्दा भने हेर्दाहेदैमा राखिएको छ । अध्ययन गर्न समय अभाव भएकाले मुद्दा ‘हेर्दाहेदै’ मा राखिएको अदालतले जनाएको छ । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी लाई ‘बलात्कार प्रयास’ गरेको आरोप लागेपछि उनले गत असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । काठमाडौको बालुवाटारस्थित सभामुख निवासबाटै गत असोज १९ गते पक्राउ परेका महरा हाल डिल्लीबजार कारागारमा छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्वसभामुख महरा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं