भृकुटीमण्डपको जुत्ता चप्पल मेलामा ग्राहकको घुँइचो
काठमाडौं ५ फागुन । स्वदेशमा उत्पादित जुत्ता चप्पलको बजार प्रर्बद्धनका लागि आयोजना गरिएको जुत्ता चप्पल मेलामा ग्राहकको घुँइचो लागेको छ । बालबालिकादेखि बृद्धबृद्धासम्मको रोजाईमा रहेका जुत्ता चप्पल एकै ठाउँ काठमाडौंको भृकुटीमण्डपमा पाइने भएपछि मेलामा ग्राहकहरुको घुँइचो लागेको हो । नेपालमा उत्पादन गर्ने कम्पनीहरु शिखर शुज, वीएफ डीएरहील, ल्यान्डवाक, रन शुज र शुल्याण्डका उत्पादित जुत्ता चप्पल मेलामा राखिएको छ । करिब दुई हजार मोडलका जुत्ता चप्पल राखिएको छ ।
मेलामा एक सयदेखि एक हजारसम्मका चप्पल र २ सय ५० देखि आठ हजार सम्मका जुत्ता पाइन्छन् । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको ल्यान्डवाक सौरव श्रेष्ठले जानकारी दिए । नेपाली उपभोक्ताहरुको सरदर आय तथा आमउपभोक्ताहरुको रुचिलाई मध्यनजर गरी उत्पादन गरिएका उत्पादनहरु अत्यन्त आर्कषक र सुलभ मूल्यमा पाइने आयोजकले दाबी गरेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #जुत्ता चप्पल मेलामा ग्राहकको घुँइचो
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्