प्रदेश ३ को राजधानी हेटौडा र नाम बाग्मती दुई तिहाई मतले पारित
काठमाडौं २७ पुस । प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौडा र नाम बाग्मती रहने प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभामा स्वतन्त्रसहित १ सय १० सांसदमध्ये १ सय ८ को सहभागि रहेको थियो । जसमध्ये राजधानी हेटौडा र नाम बाग्मती रहने प्रस्तावको पक्षमा १ सय ५ मत परेको छ भने बिपक्षमा ३ मत परेको छ । प्रस्तावको पक्षमा दुई तिहाई मत परेपछि अव स्थायी राजधानी हेटौडा र नाम बाग्मती भएको छ । यसअघि प्रदेश ३ को स्थायी राजधानी धुलिखेल गर्ने प्रस्ताव अस्वीकृत भएको थियो । प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीले प्रस्ताव गरेको थियो । आइतबार प्रदेश ३ को प्रदेशसभा बैठकमा भएको मतदानमा यो प्रस्ताव अस्वीकृत भएको हो । प्रदेश ३ प्रदेशसभाका १ सय १० मध्ये उपस्थित भएका १०४ सांसदमा ३ जनाले मात्रै धुलिखेललाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रदेशको स्थायी राजधानीका हेटौँडा कायम गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गरेका थिए । यो प्रस्तावमा नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रीना गुरुङले समर्थन गरेका थिए । प्रदेशको नामाकरण बागमती कायम गर्न काँग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश सभा सचिवालयमा पेश गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक रहेका गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रदेश ३
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्