कांग्रेस सभापति देउवाले जिल्ला सभापतिलाई दिए चियापानको निम्तो

काठमाडौं २४ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुलाई आफ्नो निवासमा चियापानका लागि बोलाएका छन् । सभापति देउवाले बिहिबार बुढानिलकण्ठमा भेट्न बोलाएका हुन् । बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डक्टर शशांक कोइरालाले पुस ११ गतेको केन्द्रीय कार्य समितिको बैठकको निर्णयप्रति असहमति जनाउँदै परामर्शका लागि भन्दै काठमाडौंमा जिल्ला सभापतिको भेला बोलाएका थिए । सोही भेलाका सहभागीहरूलाई सभापति देउवाले पनि भेट्न बोलाएका हुन् । उनीहरुसँग छलफल र दिवाभोज एक साथ गर्ने देउवाको तयारी छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको भेला बुधबार सकिएको थियो । भेलापछि जिल्ला सभापतिले बरिष्ठ नेता पौडेल र सभापति देउवालाई आफ्ना सुझाव बुझाउने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जिल्ला सभापतिहरुलाई
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्