एक हजार ९६ अधिकृतको माग,सामान्य प्रशासनमा ५ सय ६०
काठमाडौं २५ मंसिर । लोक सेवा आयोगले एक हजार ९६ जना अधिकृत पदका लागि विज्ञापन खुला गरेको छ । सामान्य प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि १ हजार ९६ पदका लागि बुधबार विज्ञापन खुलाएको हो । खुलातर्फ ४ सय १९ र बढुवातर्फ ३ सय २८ जनाको पदपूर्ति गरिन लागेको हो । ३ सय ४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ । प्रशासन सेवाका लागि सबैभन्दा बढी सामान्य प्रशासन समूहमा ५ सय ६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २ सय १६ र बढुवाबाट १ सय ६८ जनाको पदपूर्ति गरिने छ । यस्तै सो समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा बिभाजन गरिएको छ । यसैगरी राजश्व समूहमा ६९, लेखापरीक्षण समूहमा ४२, लेखा समूहमा ३० जना अधिकृतको माग भएको छ । व्यवस्थापिका संसद सेवातर्फ २८ जना र न्याय सेवा तर्फ न्याय समूहमा २९०, कानुन समूहमा ४९ र सरकारी वकिल समूहमा २४ अधिकृतका लागि विज्ञापन खुलेको छ । परराष्ट्र सेवामा सबैभन्दा कम ४ जना अधिकृतको माग गरिएको छ ।गत वर्ष कर्मचारी समायोजनका कारण प्रशासन सेवा तर्फ पदपूर्ति नभएको हुनाले यस वर्ष धेरै संख्यामा विज्ञापन भएको हो । आन्तरिक बढुवाका लागि आवेदन दिने म्याद आगामी पुस २९ गतेसम्म छ । खुल्ला तथा समावेसी पदमा प्रतिस्पर्धा गर्नेहरुका लागि भने पुस १५ गतेसम्म म्याद दिइएको छ । दोब्बर दस्तुर तिरेर आवेदन फारम बुझाउने अन्तिम मिति भने २२ पुससम्म तोकिएको छ ।
पूरा बिज्ञापन हेर्नुहोस्
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्