अर्घाखाँचीमा बस दुर्घटना, दश जनाको ज्यान गयो

अर्घाखाँची ११ मंसिर । जिल्लाको सन्धिखर्क नगरपालिका ६ नरपानीमा बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै ज्यान गएको छ । सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन । घाइते सात जनालार्इ उपचारका लागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिए ।
घाइतेहरुको उद्धार जारी रहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #अर्घाखाँचीमा बस दुर्घटना
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्