चर्चाको शिखरमा “निस्ठुरे”
धनवीर दाहाल
लोकदोहोरीको क्षेत्रमा पछिल्लो पटक निस्ठुरे चर्चामा रहेको छ । लोक तथा दोहोरी गायिका सरिता कार्की र गायक कुलेन्द्र विश्वकर्माको आवाजमा ‘निष्ठुरे’ गितले चर्चा कमाएको हो । गत शुक्रबार साँझमात्रै सार्वजनिक गरिएको उक्त गीतमा शिव हमालको शब्द र लय रहेको छ । लाउछ माया नलाउने हैननीको अपार सफलतापछि सोहि टिमको गीत ‘निष्ठुरे’मा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ । आफुले माया गरेको मायालाई प्रेमको आभास गराएको मिठो भावलाई गीतमा समेटिएको छ । ‘भन्दाभन्दै तिमी र तपाई, दिल बसेछ सुटुक्कै चाल नपाई १ चखेवाको जोडीझै होलानी कालले कुरे, भाग्यमा जुरे कति माया गरेछु मैले किन कुरा बुझ्दिनौ निष्ठुरे’ गीतमा यस्ता शब्द रहेका छन् । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीत स्वयं गायिका कार्कीको अफिसियल युटुवमार्फत सार्वजनिक गरिएको हो । गीतले दर्शक स्रोताको मन जितेको छ ।
पूरा भिडियो यहाँ हेर्नुहोस्
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #चर्चाको शिखरमा “निस्ठुरे”
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्