विश्व प्रसिद्ध बाराको गढीमाई मेला आइतबारदेखि सुरु
बारा १ मंसिर । विश्व प्रसिद्ध बाराको गढीमाई मेला आइतबारदेखि सुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने यो मेला एक महिना सम्म लाग्छ । मेलाको मुख्य आकर्षण भनेकै पशुबली रहेको छ । मन्दिरमा दुई साताअगाडि देखि नै मेला भर्न आउनेको भीड लागेको थियो । मेला हेर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछन् भने छिमेकी राष्ट्र भारतबाट पनि उत्तिकै संख्यामा भक्तजनहरुको भीड लाग्ने गर्छ । मेलाका लागि बरियारपुरको मन्दिर आसपासका खेतमा टहराहरु निर्माण गरिएका छन् भने मन्दिर आसपासका क्षेत्रका विभिन्न पसलहरु राखिएका छन् । हजारौं पशुको बली दिइने यो मेलामा पशुबली रोक्न पशुअधिकारकर्मीहरु तथा विभिन्न क्षेत्रबाट आवाज उठ्ने गरेको छ । तर बली प्रथालाई रोक्नुपर्ने सर्वत्र चर्चा भए पनि पुरानो धार्मिक परम्परा भन्दै मन्दिर ब्यवस्थापन समितिले भने बली नरोकिने जनाएकोे छ । मेलामा मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन सुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ । मेलालाई शान्तिपूर्ण र ब्यवस्थित गर्न भन्दै मेला अवधिभर बरियापुरमा मदीरा र मासु बिक्री तथा प्रयोगमा निषेध गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #बाराको गढीमाई मेला
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्