जनकपुरमा गोली चल्यो, एकको मुत्यु

धनुषा ६ कार्तिक । जनकपुरमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । वडा नम्बर १४ मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै गोली लागेका ४० वर्षिय मनोज साहको मृत्यु भएको छ । पैसा माग्न जाँदा उनको स्थानीय पंकज चौधरीले गोली हानी हत्या गरेका हुन् । उनीहरूको पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ । मृतक साहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । दुबै जना निर्माण व्यवसायी रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #जनकपुरमा गोली चल्यो
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्