प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै

काठमाडौं २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्देछन् । दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यसुची छ । यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए । सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका प्रधानमन्त्रीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #kp oli
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्