प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै
काठमाडौं २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्देछन् । दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यसुची छ । यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए । सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका प्रधानमन्त्रीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #kp oli
ताजा खबर
- १संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
- २एमसीसी खारेज गर्न हर्कराज राईको माग
- ३भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ४संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ५सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्