प्रधानमन्त्री ओलीले गरे विशेष पूजा, बन्ने भयो सिंहदरबारभित्र संघीय संसद भवन
काठमाडौं १ असोज । अवको साँढे दुई बर्षपछि सिंहदरबारभित्र संघिय संसद भवन बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको बिषेश पुजापाठ सहित पुतली बगैंचामा भवन शिलान्यास गरेका हुन् । भवन निर्माणको लागत ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ । तर, निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण गर्ने जनाएको छ । कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गसहितको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #samsad bhawan
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्