नेकपामा भातृसंगठनको एकीकरण, युवा संगठनले तयार गर्यो खाका
काठमाडौं २६ भदौ । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले युवा संगठनको खाका तयार गरेको छ । ३ सय ३५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने गरी खाका तयार गरेको हो । तत्कालीन युवा संघ र वाईसीएलका निर्वाचित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २ सय ५१ को खाका नपुगेकाले ३ सय ३५ सदस्यीय बनाउन लागिएको हो । युवा संघका संयोजक रामप्रसाद सापकोटा र सह–संयोजक रमेश पौडेलबीच समझदारीपछि जारी गरिएको प्रेस विज्ञप्ति अनुसार ३ सय ३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १ सय ७६ र वाईसीएलका १ सय १५ जना रहनेछन् । त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ । सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन जिल्लाको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमति समेत भएको छ । युवा संघको एकता प्रक्रियालाई टुंग्याउन भदौ २७ गते साबिक संगठनका पदाधिकारीहरुको संयुक्त बैठक तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्