अग्रिम टिकट बुकिङ खुलाउन किन आलटाल ?
काठमाडौं २६ भदौ । दशैंका लागि अग्रिम टिकट खुलाउन सरकार र ब्यवसायीले आलटाल गरिरहेका छन् । दशै आउन अव दुई साता मात्रै बाँकी रहदा पनि सरकार र ब्यवसायीले तदारुकता देखाएका छैनन् । दशैँ नजिकिदै गर्दा काठमाण्डौ उपत्यका बाहिरिने यात्रुका लागि टिकट बुकिङ खुल्ला गर्ने विषयमा कुनै छलफल भएको छैन् । यतिबेलासम्म बुकिङ खुला गरिसक्नपर्ने हो । तर सरकार र यातायात व्यवसायीबीचको विवादले बुकिङको मिति तोकिएको छैन । सरकारले भदौ २५ गतेदेखि काठमाडौ उपत्यका बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने प्रयास गरेको थियो । तर, यातायात व्यवसायीले विभिन्न असन्तुष्टी जनाएपछि उक्त मिति नाघिसक्दा पनि टिकट बुकिङको मिति तय हुन सकेको छैन । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महिना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना शुरु हुन २० दिन मात्रै बाँकी हुँदा खुल्ने तयारी देखिएको छैन । यात्रुहरु दशैँमा घर जान नै नपाईने हो कि भन्ने चिन्तामा छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले टिकट खुलाउने विषयमा सरकारसँग छलफल गर्न बाँकी नै रहेको बताउछन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमालले पनि विहिबार यातायात व्यवसायीसँग छलफल गरेर बुकिङको मिति तय गर्ने बताएका छन् । ब्यवसायी र सरकारले अग्रिम टिकट बुकिङ खुलाउने विषयमा विवाद नभएको दावी गरे पनि दशैँ नजिकिदै गर्दा पनि अन्योल हुनुले दुई पक्षबीच कुरा नमिलेको आशंका गरिएको छ । ढिला भएको छैन, ढुक्क हुनुस भनेर जवाफ दिए पनि भदौ २५ गतेदेखि नै खुलाउने भनिएको अग्रिम बुकिङ नखुल्नुको पछाडि विवाद नै मुख्य कारण हो । सधै दशै आउने बित्तिकै ब्यवसायीले भाडा बढाउने शर्त राख्दै आएका कारण यो समस्या देखिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #dashai ticket
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्