पृथ्बीबाट निकै टाढा रहेको ग्रहमा पहिलो पटक पानी फेला
काठमाडौं २६ भदौ । खगोलविदहरुले पृथ्बीबाट निकै टाढा रहेको ग्रहमा पहिलो पटक पानी फेला परेको दाबी गरेका छन् । ‘के टु एटिन बी नाम गरेको सो ग्रहमा पानी भेटिएको दावी गरिएसँगै खगोलशास्त्रको अध्ययनले नयाँ मोड लिएको छ । बैज्ञानिकहरुले उक्त ग्रहमा एलियन वा अरु कुनै प्राणीको जीवन हुन सक्ने अनुमान गरेका छन् । यो प्रमाणित गर्न भने कम्तिमा अर्को १० वर्ष लाग्नेछ । अबको १० वर्ष्भित्र नयाँ टेलिस्कोपले यो ग्रहको पर्यावरणमा जीवित प्राणीबाट उत्पादन भएको ग्यास छ वा छैन भन्ने पत्ता लगाउन सक्ने खगोलविदले बताएका छन् । नयाँ ग्रहमा पानी भेटिएको सम्बन्धी अनुसन्धानको विस्तृत विवरण वैज्ञानिक जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको छ । युनिभर्सिटी कलेज लण्डनमा अध्यापन गर्ने प्रमुख अनुसन्धानकर्ता प्रा जिओभाना टिनेट्टीले यो उपलब्धी उत्साहप्रद रहेको बताएका छन् । ताराको ह्याबिटिएबल जोनमा परिक्रमा गरिररहेको ग्रहमा पानी फेला परेको यो पहिलो पटक हो । कुनै पनि तारा वा ग्रहको ह्याबिटिएबल जोन भन्नाले त्यस्तो अवस्था बुझिन्छ जहाँको तापक्रम पानी तरल अवस्थामा रहन सक्ने हुन्छ र ग्रहको सतहमा पानी पाइन्छ । यो ग्रह १ सय ११ प्रकाश वर्ष अर्थात ६ सय ५० मिलियन माइल पर रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, समाचार
ट्याग : #prithibima pani
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्