पृथ्बीबाट निकै टाढा रहेको ग्रहमा पहिलो पटक पानी फेला
काठमाडौं २६ भदौ । खगोलविदहरुले पृथ्बीबाट निकै टाढा रहेको ग्रहमा पहिलो पटक पानी फेला परेको दाबी गरेका छन् । ‘के टु एटिन बी नाम गरेको सो ग्रहमा पानी भेटिएको दावी गरिएसँगै खगोलशास्त्रको अध्ययनले नयाँ मोड लिएको छ । बैज्ञानिकहरुले उक्त ग्रहमा एलियन वा अरु कुनै प्राणीको जीवन हुन सक्ने अनुमान गरेका छन् । यो प्रमाणित गर्न भने कम्तिमा अर्को १० वर्ष लाग्नेछ । अबको १० वर्ष्भित्र नयाँ टेलिस्कोपले यो ग्रहको पर्यावरणमा जीवित प्राणीबाट उत्पादन भएको ग्यास छ वा छैन भन्ने पत्ता लगाउन सक्ने खगोलविदले बताएका छन् । नयाँ ग्रहमा पानी भेटिएको सम्बन्धी अनुसन्धानको विस्तृत विवरण वैज्ञानिक जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको छ । युनिभर्सिटी कलेज लण्डनमा अध्यापन गर्ने प्रमुख अनुसन्धानकर्ता प्रा जिओभाना टिनेट्टीले यो उपलब्धी उत्साहप्रद रहेको बताएका छन् । ताराको ह्याबिटिएबल जोनमा परिक्रमा गरिररहेको ग्रहमा पानी फेला परेको यो पहिलो पटक हो । कुनै पनि तारा वा ग्रहको ह्याबिटिएबल जोन भन्नाले त्यस्तो अवस्था बुझिन्छ जहाँको तापक्रम पानी तरल अवस्थामा रहन सक्ने हुन्छ र ग्रहको सतहमा पानी पाइन्छ । यो ग्रह १ सय ११ प्रकाश वर्ष अर्थात ६ सय ५० मिलियन माइल पर रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, समाचार
ट्याग : #prithibima pani
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्