राहदानी विधेयक संसदमा पुनः पेश हुँदै

काठमाडौं २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको राहदानी विधेयक संसदमा पुनः पेश गरिने भएको छ । राष्ट्रपतिबाट फिर्ता भएको झण्डै एक वर्षपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा पेश गर्न लागेका हुन । दिउँसो एक बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । राहदानी विधेयक प्रतिनिधिसभाले गत वर्ष १० असोजमा पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल गरिएको थियो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो । राष्ट्रिय सभाको भूमिकालाई बेवास्ता गर्दै प्रतिनिधिसभा एक्लैले पारित गरी प्रमाणीकरणका लागि पठाएपछि उक्त विधेयक विवादित बनेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #rahadhani bidhyk
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्