वाङ, देउवा र प्रचण्डबीच भेटबार्ता
काठमाडौं २४ भदौ । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमणको अन्तिम दिन मंगलबार बिहान काँग्रेस सभापति देउवा र सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । काठमाडौंको नक्सालस्थित होटल म्यारियोटमा भएको भेटवार्तामा दुवै पार्टीका नेताहरुसँग विदेशमन्त्री वाङले दुई पक्षीय हित र दुई पार्टीबीचको सम्बन्धमा विषयमा छलफल भएको हो । पहिलो भेट प्रमुख प्रतिपक्षका नेता देउवासहितका काँग्रेस प्रतिनिधिमण्डलसँग भेटवार्ता भयो । त्यसपछि सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग भेटवार्ता भयो । चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्ता उत्साहवद्र्धक रहेको सत्तारुढ नेकपाका अध्यक्ष दाहालले प्रतिक्रिया दिए । चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे पनि चासो व्यक्त गरे । तीन दिने औंपचारिक भ्रमणका लागि आउनु भएका चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली शिष्टाचार भेटवार्ता गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ आजै स्वदेश फर्कने कार्यक्रम छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #vetbarta
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्