निजामति सेवा दिवस, कर्मचारीको सेवा प्रभावकारी बन्न नसकेको गुनासो कायमै
काठमाडौं २२ भदौ । देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् । विक्रम सम्वत २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि सेवा दिवस मनाउन थालिएको हो । प्रशासनको मेरुदण्डका रुपमा रहेको निजामती अन्य सेवालाई समेत निर्देशन र नियमन गर्ने भए तापनि सोच जस्तो काम गर्न सकेको छैन । दिवस मनाइरहँदा निजामती सेवामा सक्षम, उत्कृष्ट कर्मचारी भए तापनि सेवा प्रभावकारी बन्न नसकेको गुनासो आइरहेका छन् । सरकारका नीति कार्यान्वयन गराउने संस्थाका रुपमा रहेको निजामती प्रशासनले खासै विकास निर्माणमा समेत भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #nijamati diwas
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्