वार्तामा आउन विप्लवलाई जनार्दनको आग्रह
दाङ २० भदौ । नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले बन्दुक पड्काएर समाजवाद नआउने भन्दै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । उनले मूलधारको राजनीतिमा फर्कन पनि विप्लवलाई आग्रह गरे । बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन नेता शर्माले भने तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका आफ्ना पूर्वसहकर्मीको हिसावले वार्तामार्फत तपाईं पनि मूलधारमा आउनूस् । नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने शर्माको भनाई थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #janardan
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्