प्रेम प्रस्ताव नस्वीकारेको भन्दै वीरगंजमा स्कुल जाँदै गरेकी छात्रामाथि एसिड प्रहार
पर्सा २० भदौ । वीरगंजमा विद्यालय जाँदै गरेकी एक किशोरीमाथि एसिड प्रहार भएको छ । वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि छिमेकी युवकले एसिड प्रहार गरेका हुन् । खातुनमाथि छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन् । घरबाट करिब १ किलोमिटर पूर्व उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान ६ बजेर १५ मिनेटमा सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए । घटनापछि प्रहरीले एसिड प्रहार गर्ने सम्सादलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अर्का मजिद आलमको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ । एकपक्षीय प्रेमका कारण एसिड प्रहार भाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ । एसिड प्रहारबाट किशोरी मुस्कानको गाला र जीउमा पोलेको छ । उनको वीरगंजको नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #asit prahar
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्