हरिसिद्धि फुटसलले जित्यो दोस्रो लखुर खुल्ला फुटसल
ललितपुर १९ भदौ । हरिसिद्धि फुटसलले दोस्रो लखुर खुला फुटसल प्रतियोगिता आफनो पोल्टामा पारेको छ । ललितपुर महानगरपालिका–२९ मा रहेको लखुर फुटसलले आयोजना गरेको खुला फुटसल प्रतियोगिता फेया एफसीलाई ४–१ ले पछि पार्दे हरिसिद्धिले उपाधि आफनो पोल्टामा हात पारेको हो । फेया एफसीले उपबिजेतामा चित्त बुझायो । खेलकुदको विकास साथै नयाँ पुस्तालाई खेलकुदमा आकर्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको संयोजक उमेश महर्जनले बताए । कार्यक्रममा विजेता र उपविजेतालाई नगद ५० हजार र २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रदेश ३ का सासंद राजकाजी महर्जन , वडा नम्बर २८ का वडा अध्यक्ष राजेश महर्जन लगायतको सहभागिता रहेको थियो । प्रतियोगिताको हरिसिद्धी भवानी सप्लार्यसले प्रायोजक र सह–प्रायोजक भगवती स्पोर्टश कुमारी पाटीले गरेको थियो । यस्तै, सिद्धी विनायक इटा उद्योग , कुमारी हार्डवेयर , होशना चिम्नी उद्योग लगायतले सहयोग गरेका थिए । प्रतियोगितामा ३० टिमको सहभागिता रहेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #harisiddi
ताजा खबर
- १राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय
- २टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर पहिलोपटक राष्ट्रिय टोलीमा
- ३जनकपुरमा निधिका समर्थकले जलाए महामन्त्री थापाको पुत्ला
- ४रास्वपा उपसभापतिमा सहमति गरेका कुलमानको दाबीः म कुनै पार्टी सदस्य छैन
- ५विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता मनिष झाले गरे निन्दा



तपाईको कमेन्ट लेख्नुहोस्