जाजरकोटमा पहिरोले घर पूरिदा एकै परिवारका तीन जनाको मृत्यु
जाजरकोट १५ भदौ । जाजरकोटको भेरी नगरपालिका– २ तिमिलेमा पहिरोले घर पूरिदै एकै परिवारका तीन जनाको मृत्यु भएको छ । तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । आज बिहान पौने दुइबजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । पार्वतीका श्रीमान बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुको उद्दार गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #jajarkot pahiro
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्