कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन
काठमाडौं १३ भदौ । भाद्र कृष्ण औंशी अर्थात् कुशे औंशी । हिन्दु धर्मावलम्विहरुले भक्तिभावपूर्ण तरिकाले मनाउँदै छन् । वर्षभरी देवकार्य तथा पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने वनस्पति कुश घर घरमा भित्र्याउने भएकाले आजको दिनलाई कुशे औंशी भनिएको हो । शास्त्रोक्त विधि अनुसार ब्राह्णद्धारा पूजा गरी छेदन गरेर जजमानकहाँ र्पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरुले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । आजको दिनलाई बावुको मुख हेर्ने दिनका रुपमा पनि मनाइन्छ । यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिष्ठान्न तथा भोजन खुवाई उपहार दिएर आदर सम्मान प्रकट गर्ने गर्दछन् । कामका सिलसिलामा घरदेखी टाढा रहेका छोराछोरीहरुले बुबालाई आज बुबालाई सम्झिने सम्पर्क गर्ने र हार्दिकता साट्ने परम्परा छ । फेसवुक, ट्वीटर जस्ता समाजिक सञ्जालमार्फत पनि छोराछोरीले आज आफ्ना वुवाप्रति आदर र सम्मान प्रकट गरिरहेका छन् । बुवा नहुनेहरुले भने आज विभिन्न पवित्र स्थानमा गई पितृको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्दैछन् । विशेष गरी आज उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावती, नुवाकोटको देवीघाट, तनहुँको देवघाट, कोका–कौशिकी (राहक्षेत्र, विष्णुपादुका लगायतका तीर्थस्थानमा दिवङगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको ठूलो घुइँचो लागेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #kuse aausi
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्