प्रचण्डले किन भने जनहितका पक्षमा काम नगरे सत्ता उल्टीन्छ
काठमाडौं ६ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनलेँ सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याए । कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उहाँले त्यस तर्फ गम्भीर हुनुपर्ने बताए । पुर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए । उनले दुई पार्टी मिलेर बनेको ठुलो पार्टी भित्र पछिल्लो समय अनुसासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी जनाए । विगतमा जनताका समस्या बोध गर्ने, अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासन हिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी गरे । अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु विर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिए । वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधै सचेत र सजग हुनुपर्ने प्रचण्डको भनाई थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #prachanda
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्