जयशंकरले गरे पशुपतिमा पूजा
काठमाडौं ५ भदौ । भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा समेत रोपेर पुजा गरेका हुन् । पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उनले पशुपतिनाथको दर्शन गरे । उनले झण्डै आधा घण्टा पूजा गरेका थिए । पुशपति बिकास कोषले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने बारे छलफल भएको छ । उनी बिहीबार अपराहन्न स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #pashupati
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्