गलत सूचना प्रवाह गर्ने अभियानविरुद्ध चीनसंगै फेसबुक र ट्वीटर पनि सक्रिय
काठमाडौं ३ भदौं । सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले चीन सरकारको सहयोगमा गलत सूचना प्रवाह गर्ने अभियानविरुद्ध काम गर्न थालेका छन् । हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई निरुत्साहित गर्न फेसबुक र ट्वीटर पनि यो अभियानमा लागेका हुन् । गलत सूचना प्रवाह गर्ने एकाउन्टहरु ट्वीटर र फेसबुकले डिलिट गर्ने अभियान चलाएका छन् । यसबाट हङकङको राजनीतिक अवस्थाबारे गलत सूचना रोक्न सकिने उनीहरुको विश्वास छ । ट्वीटरले ९ सय ३६ वटा एकाउन्ट खारेज गरेको छ । ती एकाउन्टहरु चीनबाट सञ्चालित रहेको र त्यसमार्फत हङकङमा भइरहेको प्रदर्शनको आधिकारिकता र राजनीतिक हैसियत कम गर्ने प्रयास भएको ट्वीटरले उल्लेख गरेको छ । फेसबुकले पनि सातवटा पेज, तीनवटा ग्रुप र पाँचवटा एकाउन्ट ‘रिमुभ’ गरेको जनाएको छ । यस्ता गतिविधिमा संलग्नहरुले आफ्नो पहिचान लुकाउन चाहेको भए पनि आफूहरुको अनुसन्धानले उनीहरु चीन सरकारसँग सम्बन्धित रहेको खुलेको जनाइएको छ । ट्वीटर र फेसबुक दुवैले यस्ता अरु पनि एकाउन्ट तथा पेजा या ग्रुुरुपहरु रहेको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #facebook
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्