राजश्व चुहावटको मुद्धामा कम जरिवाना गर्न माग
काठमाडौं २ भदौ । सांसदहरुले राजश्व चुहावटको मुद्धामा अत्याधिक जरिवानाको व्यवस्था गर्दा लक्ष्य प्राप्त गर्न नसकिने भन्दै जरिवाना कम गर्नुपर्ने धारणा राखेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगत अर्थसमितिको सोमबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलका क्रममा समिति सदस्यहरुले दण्ड जरिवाना धेरै राख्दा राजश्व तिर्न भन्दा कैद मात्रै भोग्ने प्रवृति बढ्ने आंशका व्यक्त गरेका हुन् । समिति सदस्य लक्ष्मण लाल कर्णले वीगोको सतप्रतिशत जरिवाना नै उपयुक्त हुने भन्दै २ सय प्रतिशत जरिवानाको व्यवस्थाले राजश्व तिर्ने भन्दा पनि कैद मात्रै भोग्ने प्रवृति बढ्ने तर्क गरे । त्यसैगरी समिति सदस्य प्रेम सुवालले राजश्व असुलीमा राजश्व विभागको प्रभावकारीता नदेखिएको बताए । संशोधित विधेयकमा ५० लाख रुपैया सम्मको विगोमा ६ महिना कैद , ५० लाख देखि १ करोड रुपैया सम्मको विगोमा ६ महिना देखि १ बर्ष कैद , १ करोड रुपैया देखि ३ करोड रुपैया सम्मको विगोमा १ देखि ३ बर्ष सम्म कैद र ३ करोड रुपैया देखि माथि जतिसुकै विगो भएपनि ३ बर्ष देखि ५ बर्ष सम्म कैदको व्यवस्था गरिएको छ । बैठकमा राजश्वर अनुसन्धान विभागका प्रमुख दीर्घराजका मैनालीले राजश्व असुलीलाई प्रभावकारी बनाउन जरिवाना लगायत दण्ड सँजायको व्यवस्थालाई संसोधन गरिएको बताए । त्यसैगरी अर्थमन्त्रालयका राजश्व तर्फका सचिव राजन खनालले प्रदेश र स्थानीय तहमा पनि कर उठाउने, कर लगाउने र संञ्चित कोषको व्यवस्थापन गरिएकालले चुहावट अनुगमनका लागि अन्तरिम व्यवस्था गरिनुपर्ने बताए । उनले राजश्व चुहावटमा मिलेमतो गरेको पाईएमा राष्ट्रसेवक कर्मचारीलाई पनि निलम्बन गरी अधिकतम ९० दिनसम्म थुनामा राख्न सक्ने व्यवस्था विधेयकमा गरिएको बताए । यसअघि राजश्व चुहावटको मुद्धामा कर्मचारीलाई के गर्ने भन्ने सम्बन्धमा ऐन मौन बसेको थियो । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विगतमा राजश्व संकलन तथा परिपालना गराउने निकाय र राजश्व सम्बन्धी कानुन परिपालन गर्दा त्रुटी भएकाले प्रभावकारी बनाउन राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको जानकारी दिए । समितिले सोमबार राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ लाई संशोधन गर्न बनेको विधेयकका संसोधनकर्ता सम्बन्धीत मन्त्री तथा विभागसंग छलफल गरेको हो ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #aartha samiti
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्