कहाँ कहाँ कब्जा छ सार्वजनिक जग्गा

सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउन भुमाफियाको चलखेल दिन प्रतिदिन बढ्दै छ । राजधानीमै हजारौँ रोपनी सार्वजनिक जमिन भुमाफियाको कब्जामा छन् । तर, भुमाफियालाई कारबाही गर्नु त परको कुरा उल्टै राजनीतिक पहुँच र पैसाको शक्तिका आडमा माफियाहरुको विगविगि बढिरहेको छ । देशभरका सार्वजनिक जग्गा अतिक्रमणमा परिरहे पनि अतिक्रमण रोक्ने र अतिक्रमित जग्गा फिर्ता ल्याउनेतर्फ सरकार बेखबर जस्तै बनिरहेको छ । भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्याङ्क र देशभरका नापी तथा मालपोत कार्यालयका रेकर्डहरु हेर्ने हो भने पहाडी क्षेत्रमा हजारौं रोपनी र तराई क्षेत्रमा लाखौं बिघा सरकारी जग्गा अतिक्रमणमा परेका छन् । तर ति जग्गाको खोजतलास गर्ने काममा सरकारले प्रभावकारी कदम चालेको छैन । अतिक्रमित सार्वजनिक जग्गा छानविन गर्दै फिर्ता ल्याउन सरकारले गएको जेठ महिनामा उच्चस्तरीय आयोग गठन गरेको थियो । ६ महिनाको कार्यअवधि दिएर गठन गरिएको आयोगलाई सरकारले नै गुमनाम बनाएको छ । काठमाडौँ उपत्यकामा हजारौँ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा भैसकेका छन् । प्रधानमन्त्रीको निवास रहेको वालुवाटारको सरकारी जग्गादेखि देशका दुरदराजमा रहेका सरकारी जग्गा व्यक्तिका कब्जामा छन् । काठमाडौँ जिल्लाको मात्र कुरा गर्ने हो भने पनि ४५ भन्दा बढी स्थानका सार्वजनिक जग्गा बारे अदालतमा मुद्धा रहेका छन् । यसैगरी गुठी लगाएत अन्य सरकारी निकाय रहेका सार्वजनिक जग्गाहरु समेत अतिक्रमण भैसकेका छन् । ललितपुर जिल्लामा पनि राजनीतिक संरक्षणमा सार्वजनिक जग्गा व्यक्तिका नाममा भैसकेका छन् । यसैगरी भक्तपुर जिल्लाका सयौँ रोपनी सार्वजनिक जग्गा भुमाफियाले कब्जा गरिसकेको भक्तपुरका स्थानिय एवंम सार्वजनिक जग्गा संरक्षणका अभियन्ता राम वडे बताउछन् । सरकारलाई सर्वाजनिक जग्गा कहाँ कति थियो र कति छ भन्ने बारे हेक्का छैन । जग्गा कब्जा गर्ने व्यक्तिहरुको फेहरिस्त पटक पटक सार्वजनिक भैसक्दा पनि उनिहरु विरुद्ध अहिलेसम्म केही कदम चालिएको छैन । भुमाफियाहरु खुलेयाम गैरकानुनी धन्दा चलाईरहेका छन् । भुमाफियाको चलखेल तिव्र हुदै जानु र अहिलेसम्म कोहीपनि कारबाहिको दायरामा नआउनुले मुलुकभरकै सार्वजनिक जग्गा राजनीतिक शक्ति र पैसा हुनेहरुका हातमा पुग्ने खतरा उच्च देखिन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #jagga kabja
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्