Techie IT
  • २१ असार २०८२, शनिबार
KhojPatrika

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दे


काठमाडौं १ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकार तथा मन्त्रिपरिषद्का कामकारवाहीलाई लिएर सांसदहरुले उठाएको प्रश्नको उत्तर दिन प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसदको आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम बनेको हो । यसैबीच आजको संघीय संसदको बैठकमा विभिन्न विधेयक एवं संसदीय समितिका प्रतिवेदन पेश गरिने कार्यक्रम रहेको छ । आजकै बैठकमा गत असारमा आएको अविरल वर्षा र त्यसले देशभर पुर्याएको क्षति तथा राहत सम्बन्धि अनुगमन प्रतिवेदन पनि पेश गरिने कार्यसूचि रहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #pm oli

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं