के निर्णय गर्ला नेकपाको सचिवालय बैठकले ?
काठमाडौं २९ साउन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरबाट उपचार गरेर फर्के पछि आज पहिलो पटक बैठक बस्न लागेको हो । यसअघि हिजो मंगलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी छ । बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटी सदस्यको कार्य्विभाजन लगायतका विषयमा छलफल हुनेछ । यी विषयमा सल्लाह गरी परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो । अन्य विभागमा सहमति भएपनि स्कुल विभागमा कुरा नमिल्दा सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पार्टी एकताको एक वर्ष पूरा भए पनि अझै प्रक्रिया सकिएको छैन । अहिलेसम्म प्रदेश र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य्विभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी नै छ । राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठन समेत हुन सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्