प्रकाशको नाममा बिदेशमा पैसा नभएको प्रचण्ड सचिवालयको दाबी
काठमाडौं २८ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा एक रुपयाँ पनि नभएको दाबी गरेको छ । सचिवालयले मंगलबार बिज्ञप्ती जारी गर्दे दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौति पनि दिएको छ । बिज्ञप्तीमा भनिएको छ कमरेड प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौ । परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्त्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैङ्कमा २१ अर्ब रुपैंयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने प्रचार भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #prakash dahal
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्