साउनको अन्तिम सोमबार, पशुपति लगायत शिबालयमा भिड

काठमाडौं २७ साउन । साउन महिनाको चौथो तथा अन्तिम सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिन भगवान् शिवको आराधना एवम दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता पनि छ । सोही मान्यता अनुसार साउन महिनाको हरेक सोमबार भक्तजनले ब्रत बसी भगवान शिवाको पूजाआजा गर्ने गर्दछन् । पशुपति दर्शनका लागि आज पनि बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगतका जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ । नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा पनि सोमबारे बोलबम मेला लागेको छ । देवघाटमा मेला भर्न आएका दर्शनार्थीको बिहानैदेखि पूजाआजामा भीड देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #saune sombar
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्