बिरामीलाई १ लाख २३ हजार रकम हस्तान्तरण गर्दै मनाए पत्रकार डेभिडले जन्मदिन
काठमाडौं २४ साउन । पत्रकार डेभिड पाण्डेयले ब्रेन ट्युमर भएका बिरामीलाई १ लाख २३ हजार रुपैया हस्तान्तरण गरेका छन् । ब्रेन ट्युमर भएर उपचार गराइरहेका हरी भुसालका लागि जापान र अस्ट्रेलियाबाट आएको १ लाख २३ हजार रुपैयाँ हस्तान्तरण गर्दे पत्रकार पाण्डेयले आफ्नो जनमदिन मनाएका हुन् । पाल्पा बगनासकाली गाउपालिका ८ का हरी भुसाल बिगत तीन महिना देखी उपचाररत छन । आर्थीक कमजोर भएका भुसाललाई उपचार लागि बैदेशिकरोजगारिका लागि जापान र अस्ट्रेलिया पुगेका नेपालीले सहयोग गरेका हुन । भुसालको दुई पटक अप्रेसन भईसकेको छ । बिरामी भुसालका ३ छोरी , श्रीमती र आमा छन् । करीब ५५ दिन वीर अस्पतालमा उपचार गराएका भुसालको पारिवारिक स्थिती कमजोर भएको थाहा पाएपछी पत्रकार डेभिड पाण्डेयले अस्पताल पुगेर सहयोगको अपिल गर्दे समाचार तथा भिडियो प्रकाशन प्रसारण गरेका थिए । त्यही भिडियो र समाचारको आधारमा जापानमा रहेका बग्नासकाली गाउँपालिकाका प्रेम बश्याल र रामु घिमिरेले भुसालको लागि सहयोग रकम संकलन गरेर पठाएका थिए । सोही अभियानबाट जम्मा भएको रकम पाण्डेयले बिरामी हरी भुसालको घरमा गएर हस्तान्तरण गरेका हुन । यस अगाडि पनि डेभिडले कोरियाबाट आएको १ लाख ३ हजार ६ सय ५० रुपैया बिरामी कै घरमा गएर हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, समाचार, स्वास्थ्य
ट्याग : #david pandeya
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्