जान भने बन्द, स्वास्थ्य परीक्षण भने खुला
काठमाडौं २३ साउन । मलेसिया रोजगारी बन्द भएको १४ महिना बितिसक्दा पनि अझैसम्म खुल्न सकेको छैन । तर अब सरकारले मलेसिया जानका लागि स्वास्थ्य संस्थाहरुको सूची सार्वजनिक गरेको छ । सूचि प्रकाशन भएसँगै समस्याको एउटा गाँठो फुकेको छ । मलेसिया जाने कामदारले कहाँ स्वास्थ्य परीक्षण गर्ने भन्ने अन्योल सकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य संस्थाहरुको मापदण्ड पुरा भएको भन्दै ३१ वटा स्वास्थ्य संस्थाहरुलाई सूचिकृति गरेको छ । मन्त्रालयलका अनुसार आवेदन दिएका ५८ वटा स्वास्थ्य संस्था मध्ये अनुगमन गर्ने क्रममा २२ वटा मापदण्ड नपुगेको, ५ वटा बन्द भएको र ३१ वटा मापदण्ड पुुरा भएको पाइएको थियो । मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न २ सय ९० स्वास्थ्य संस्था इच्छुक देखिएका थिए । तर श्रम मन्त्रालयको अनुगमन टोलीले पहिलो पटकको अनुगमनबाट ९९ वटा स्वास्थ्य संस्थाहरु छनोट गरेको थियो । पहिलो पटकको अनुगमनबाट छनोटमा नपरेका स्वास्थ्य संस्थाहरुले पुनः सूचिकृत गरिपाऊँ भन्दै गरेको उजुरीका आधारमा मन्त्रालयले दोस्रो पटक पुुरक अनुगमन गरेको थियो । पुरक अनुगमनबाट ३१ वटा स्वास्थ्य संस्था सूचिकृत भएका मन्त्रालयले बताएको छ । नेपाल सरकारका तर्फबाट छनोट भएका स्वास्थ्य संस्थालाई मलेसिया सरकारकारले अनुगमन गरी बायोमेट्रिक प्रणालीमा मान्यता दिएपछि मलेसिया रोजगारी सुचारु हुने छ । मलेसिया सरकारले श्रम समझदारी अनुसार कामदार लैजाने इच्छा देखाएपछि मात्रै मलेसिया रोजगारी सूचारु हुने अपेक्षा गरिएको छ । तर कहिले हुन्छ ठेगान छैन । २०७५ कात्तिक १२ गते मलेसिया सरकार र नेपाल सरकारबीच भएको श्रम समझदारी पत्रमा कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनीले नै बेहोर्ने उल्लेख छ । तर, श्रम समझदारीको ९ महिना बितिसक्दा पनि कलिङ भिसा लागेका कामदारहरु पुरानै प्रक्रियामार्फत मलेसिया गइरहेका छन् । स्वास्थ्य परीक्षणसम्बन्धी अन्योल हटेसँगै अब सम्झौता कार्यान्वयनमा जोड दिनु जरुरी छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, लाेकसेवा/जागिर, समाचार, स्वास्थ्य
ट्याग : #malesiya
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्