स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते
काठमाडौं १९ साउन । सरकारले स्थानीय तहको उप निर्वाचनको मिति मंसिर १४ गते तय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय आइतबार सार्वजनिक गर्दै निर्वाचनको मिति जानकारी गराएका हुन् । संघ, प्रदेश र स्थानीय तहमा रहेको खाली सिटका लागि निवार्चन आयोगको परामर्शमा मंसिर १४ गते निर्वाचन तय गरिएको हो । यस्तै झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठ जनाको नागरिकता रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय पनि सरकारले गरेको छ। नागरिकता रद्द हुनेहरुमा अशोक शाह, बिन्दे महतो, नातादेवी महतो, सुशील महतो, राजेन्द्र महतो, सुशील महतो, उपेन्द्र महतो, रामकिशोर महतो र राजकिशोर महतो छन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा गरिएको छ। सरुवा हुनेहरुमा पुष्पराम बललाई कार्य तथा सीमा सुरक्षा विभागबाट प्रतिष्ठानतर्फ, नारायणबाबु थापा मानव स्रोत विभागबाट सीमा सुरक्षाबलतर्फ र रामशरण पौडेललाई प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरी बलको प्रधानकार्यालयमा पठाइएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #nirbachan
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्