पाकिस्तानको रावलपिण्डीमा सैनिक जहाज मानवबस्तीमा खस्यो, १५ जनाको मृत्यु
काठमाडौं १४ साउन । पाकिस्तानको रावलपिण्डीमा सैनिक जहाज दुर्घटना भएको छ । सेनाको सानो आकारको जहाज राउलपिण्डीस्थित एक मानव बस्तीमा खस्दा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जहाजका कर्मचारी र १० जना सर्वसाधारण रहेका छन् । उद्दारमा खटिएका सुरक्षाकर्मीका अनुसार अन्य १२ जना गम्भीर घाइते भएका छन् । सैनिकहरुको तालिमका क्रममा दुर्घटना भएको जनाइएको छ । बस्तीमा खसेको जहाजमा आगलागी हुँदा आसपासका घरमा समेत आगलागी भएको थियो । घटनास्थल इस्लामावाद नजिकैको आर्मी मुख्यालय नजिकै पर्दछ । जहाज दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #pakistan
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्