पाकिस्तानको रावलपिण्डीमा सैनिक जहाज मानवबस्तीमा खस्यो, १५ जनाको मृत्यु
काठमाडौं १४ साउन । पाकिस्तानको रावलपिण्डीमा सैनिक जहाज दुर्घटना भएको छ । सेनाको सानो आकारको जहाज राउलपिण्डीस्थित एक मानव बस्तीमा खस्दा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जहाजका कर्मचारी र १० जना सर्वसाधारण रहेका छन् । उद्दारमा खटिएका सुरक्षाकर्मीका अनुसार अन्य १२ जना गम्भीर घाइते भएका छन् । सैनिकहरुको तालिमका क्रममा दुर्घटना भएको जनाइएको छ । बस्तीमा खसेको जहाजमा आगलागी हुँदा आसपासका घरमा समेत आगलागी भएको थियो । घटनास्थल इस्लामावाद नजिकैको आर्मी मुख्यालय नजिकै पर्दछ । जहाज दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #pakistan
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्