किन देखाइयो मन्त्री अर्याललाई कालो झण्डा
काठमाडौं १३ साउन । जहाँ गयो त्यति मन्त्रीलाई कालो झण्डा देखाउने क्रम बढ्दो छ । केही दिनअघि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई कार्यक्रम स्थलबाटै लखेटियो । सरकारले निर्णय गर्ने अनि फिर्ता लिने त्यहि हचुवाको भरमा काम गर्दा मन्त्री तगारो बनिरहेका छन् । सोमबार त्यस्तै भोगिन भूमि ब्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले । भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याललाई कालोझण्डा देखाइएको छ । काठमाडौंको साँखुमा सोमबार मालपोत कार्यालय उद्घाटन गर्न पुगेकी मन्त्री अर्याललाई स्थानीयले नाराबाजी गर्दे कालो झण्डा देखाएका हुन् । साँखु बसपार्कमा कला–संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरका सदस्यहरुले गुठी बिधयेकको खारेजीको माग गर्दै मन्त्री अर्यालको राजिनामा समेत मागे । मन्त्रीलाई कालो झण्डा देखाउने तयारी गरेपछि बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो भने खानतलासी लिएर मात्र सर्वसाधारणलाई उद्घाटन कार्यक्रममा सहभागी गराइए पनि मन्त्रीलाई कालोझण्डा देखाइएको हो । कालोझण्डा देखाउनेक्रमा स्थानीयलाई प्रहरीले धरपकड समेत गरेको थियो । टाउकोमा कालो फेटा बाँधेका प्रदर्शनकारीलाई प्रहरीले गरेको धरपकड हुँदा पनि कालो झण्डा देखाएका हुन् । सरकारले गुठी विधेयक फिर्ता लिएपनि काठमाडौंका नेवार समुदायले सो विधेयक खारेजीको माग राख्दै प्रर्दशन गर्दै आइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #kalo jhanda
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्