किन संसद बैठक फेरि अवरोध गर्न लागे बिपक्षी

काठमाडौं १३ साउन । संसद बैठक फेरि अवरोध गर्ने बिपक्षीले तयारी गरेका छन् । सोमबार दिउँसो १ बोलाइएको बैठक बिपक्षीले अबरोध गर्ने तयारी गरेका हुन् । नेपाली कांग्रेससहितका विपक्षी दलले कुमार पौडेल हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने तयारी गरेको बताइएको छ । भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहितका विपक्षी दलको माग छ । उनीहरुले यहि माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्, तर, सरकार यसमा सहमत भएको छैन । गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुसी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न संसद बैठक सुचारु भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #samsad
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्