Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

एनसेल कार्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ


ललितपुर १० साउन । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका सदस्य पक्राउ परेका छन् । सो संगठनका सदस्य भोजपुर षडानन्द नगरपालिका ९ का ३३ वर्षीय दोर्ची शेर्पालाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा २०७५ साल फागुन १० गते बेलुका ललितपुर जिल्लाको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोटको कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ । प्रहरीले सो घटनामा विप्लव समूहका ८ जना कार्यकर्ताहरुको सहभागिता रहेको जनाउँदै आएको छ । प्रहरीले यसअघि ७ जनालाई पक्राउ गरिसकेको जनाएको छ । शेर्पामाथि प्रहरीले उक्त बम विष्फोटको घटनामा मुख्य योजनाकारको भूमिका निभाएको आरोप लगाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #pakrau

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं