एनसेल कार्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ
ललितपुर १० साउन । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका सदस्य पक्राउ परेका छन् । सो संगठनका सदस्य भोजपुर षडानन्द नगरपालिका ९ का ३३ वर्षीय दोर्ची शेर्पालाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा २०७५ साल फागुन १० गते बेलुका ललितपुर जिल्लाको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोटको कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ । प्रहरीले सो घटनामा विप्लव समूहका ८ जना कार्यकर्ताहरुको सहभागिता रहेको जनाउँदै आएको छ । प्रहरीले यसअघि ७ जनालाई पक्राउ गरिसकेको जनाएको छ । शेर्पामाथि प्रहरीले उक्त बम विष्फोटको घटनामा मुख्य योजनाकारको भूमिका निभाएको आरोप लगाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #pakrau
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्