गोरखाको ओढारमा भेटियो १६ किलो सुन
गोरखा ९ साउन । जिल्लाको धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा ओढारमा लुकाइएको १६ किलो सुन भेटिएको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बरामद गरेको हो । काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमललाई गोरखा पु¥याएपछि ओढारमा सुन देखाएको प्रहरीले जनाएको छ । ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरेर १६ वटा बिस्कुट आकारको सुन बरामत गरिएको हो । असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए । धनकलम हराएको जानकारी पछि उनलाई प्रहरीले खोजीरहेको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #sun vetiyo
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्