स्कुल बिभागले नेकपामा चर्कियो बिवाद, सचिवालय बैठक पुनः स्थगित
काठमाडौं ९ साउन । सत्तारुढ दल नेकपामा पार्टी एकतापछि बनाउन लागिएको स्कुल बिभागको बिबाद चर्किएको छ । स्कूल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी छ । जसका पक्षमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै बिभाजित भएका छन् । दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ । एकता प्रक्रियाको अन्तिम चरणमा रहेको भनिए पनि स्कूल विभागको नेतृत्व विवादले नेकपालाई समस्यामा पारेको छ। जसका कारण बिहिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुबिच सहमति जुट्न नसकेपछि स्थागित भएको हो । पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्