राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीति, मर्जरमा जाने बैंकलाई बम्पर
काठमाडौं ८ साउन । आर्थिक वर्ष २०७६ – ०७७ को मौद्रिक नीति बुधबार सार्वजनिक भएको छ । आव २०५९–०६० देखि वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ केन्द्रिय बैंकले यो वर्ष ढिला गरेर मौद्रिक नीति ल्याएको छ । बजेटमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी मौद्रिक नीति ल्याइएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले दाबी गरे । मौद्रिक नितिमा एक करोड भन्दा बढी कर्जा कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर लिनुपर्नेमा यसलाई घटाएर ५० लाखमा झारिएको छ । सहुलियत सहित मर्जरमा जान बैंकहरुलाई प्रोत्साहन नेपाल राष्ट्र बैंकले सहुलियत सहमति बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहन गरेको छ । मर्जरमा गएर २००७७ असार मसान्त भित्र एकीकृत कारोबार गरेमा त्यस्ता बैंकहरुले कृषि, ऊर्जा, पर्यटन जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा २०७८ सम्ममा कर्जा प्रवाह गर्दा हुने व्यवस्था गरेको छ ।वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भइ २०७७ असार मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा विद्यमान व्यवस्था अनुसार उपलब्ध हुने सहुलियतका अतिरिक्त थप सहुलियत प्रदान गर्ने व्यवस्था गर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #maudrike niti
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्