रुस र चीनको संयुक्त हवाई गस्तीमा जापान र कोरियाको विरोध
काठमाडौं ८ साउन । रुस र चीनले संयुक्त हवाई गस्ती गरेको भन्दै जापान र कोरियाले बिरोध जनाएका छन् । रुसले चीनसँग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेका थिए । त्यसको प्रतिक्रिया दिदै दक्षिण कोरिया र जापानले पनि आफ्ना जेटहरू पठाएका छन्। रुसी रक्षा मन्त्रालयले लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा गस्ती गरेको बिबिसीले जनाएको छ। उक्त गस्ती पूर्व योजना अनुरूप तोकिएको हवाई मार्गमा गरिएको उसको भनाइ छ। दक्षिण कोरियाले चाहिँ आफ्नो क्षेत्रमा रुसी विमानहरू प्रवेश गरेको देखेपछि मेसिन गनबाट गोली चलाएको र आगोको लप्काले आक्रमण गरेर चेतावनी दिएको बताएको छ। त्यो घटना दक्षिण कोरियाद्वारा कब्जा गरिएको तर जापानले पनि दाबी गरिरहेको एउटा टापुमाथि भएको हो। कोरियाले मंगलवार बिहान रुसी र चिनियाँ विमानहरू आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #bidesha
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्