टी–२० विश्वकप छनोटमा कतारसँग नेपाल पराजित
काठमाडौं ७ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले चार विकेटले पराजित गरेको हो । १२३ रनको लक्ष्य कतारले चार बल बाँकी हुँदा भेट्टायो । उसका लागि इनाम–उल–हले ३२ बलमा ४१, कामरन खानले १५ बलमा २२, नूमन सर्वारले १५ बलमा १५ तथा जाहीर इब्राहिमले ९ बलमा १२ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले १७ बलमा २८, उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २३ तथा सोमपाल कामीले १२ बलमा ११ रन बनाए । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । त्यसपछिका विकेट अधिकांश चाँडो गए । कतारका इक्बाल हुसनले तीन तथा तमूर साजद र नूमन सर्वारले दुई–दुई विकेट लिएका थिए । पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई परातिज गरेर राम्रो सुरुवात गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #khel
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्