किन सर्यो नेपालले खेल्ने यू–१९ एसिया कप क्रिकेट
काठमाडौं ६ साउन । नेपालसहित एसियाका टेष्ट राष्ट्रले प्रतिस्पर्धा गर्ने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सारिएको छ । श्रीलंकामा आयोजना हुने यू–१९ एसिया कप एक साता पछि सारिएको हो । एसियन क्रिकेट काउन्सिल एसीसीका नेपाल प्रतिनिधिले प्रतियोगिता एक साता पछि सरेको र नयाँ मिति तय भईसकेको जनाएकी छन । अब प्रतियोगिता सेप्टेम्बर ३ देखि १५ सम्म हुनेछ । खेल तालिका भने एसीसीले सार्वजनिक गरेको छैन् । यसअघि प्रतियोगिता २८ अगष्टबाट ८ सेप्टम्बरसम्म हुने तय भएको थियो । प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र तथा आयोजक श्रीलंका, साविकको विजेता भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन् । यस्तै कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल दुई साता अघि मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #kel news
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्