सुनचाँदीको मूल्य बढ्यो, तोलाको ६४ हजार ७ सय
काठमाडौँ २६ असार । बिहीबार सुनको मूल्य फेरि बढेको छ। नेपाल छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ६४ हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ६४ हजार चार सय रुपैयाँमा पुगेको छ । बुधबार तेजाबी सुन तोलामा ६४ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #sun
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्