अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ घाइते
अछाम ११ असार । चौरपाटी गाउँपालिका २ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका–३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो। यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका–३ की लक्ष्मी साउद र कालि साउदको पनि मृत्यु भएको छ। उनीहरुमध्ये साउदले यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी कक्षा ९ र कालि कक्षा ८ मा अध्ययनरत रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले बताए। लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन्। अन्य ४ घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breeking
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्