सोमबारदेखि तीन दिनसम्म देशभर भारी वर्षा हुने
काठमाडौं ८ असार । बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रहेको थियो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको बताइएको छ । सोमबारसम्ममा देशभर मनसुन सक्रिय हुनेछ । उक्त मनसुनको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाले बाढीपहिरोे आउन सक्ने भनी सचेत रहन आग्रह समेत गरिएको छ । राति देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ । मङ्गलबार देशको मध्य पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागमा सामान्य बदली भई पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #mausam
ताजा खबर
- १मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
- २उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- ३सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- ४सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ५चार वटा संसदीय समितिका सभापतिले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्