धादिङमा जीप हुँदा मृत्यु हुनेको संख्या पाँच पुग्यो
धादिङ ६ असार । धादिङको गल्छीमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परि धादिङको गल्छी गाउँपालिका–४ कार्की डाँडाका ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीया सेतु मिजार, गल्छी गाउँपालिका बाँझगाउँकी ३० वर्षीया कान्छी भुजेल, बाँझगाउँकै २५ वर्षीया नानु तामाङ र गल्छी गाउँपालिका ४ की २१ वर्षीया सविता अधिकारीको मृत्यु भएको हो। उनीहरु मध्ये चार जनाको घटनास्थलमै र सविता अधिकारीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि १० जना घाइते भएका छन्। घाइतेहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको छ। धादिङको गल्छी गाउँपालिका कार्की डाँडाबाट बैरेनीतर्फ जाँदै गरेको बा। १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #durghatana
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्